कोभिड–१९ खोप लगाएका पर्यटकलाई ‘अनअराइभल भिसा’मा आउन दिन माग

काठमाडौँ । पर्यटन क्षेत्रका अगुवा संगठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकार समक्ष माग गरेका छन् ।
नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्र्किङ एजेन्सिज एशोसिएनस अफ नेपाल (टान) होटल सङघ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरलगायत १४ वटा संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीका माग तत्काल सम्बोन नगरे अर्को सातादेखि संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
पर्यटक आगमन सहजताका लागि भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने, सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्री भिसा तुरुन्तै लागुगर्न माग गरेका व्यवसायीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सट्टा सम्बन्ति जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको कोभिड–१९ परिस्थिति अनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने सुझाएका छन् ।
पर्यटन क्षेत्र लगायत अन्यक्षेत्रहरुको माग सम्बोधनका लागि व्यवसायीहरुको छाता संस्था नेपाल राष्ट्रिय उद्योगवाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र नेपाल उद्योग परिसंघ (सीएनआई)सँग सहकार्य गरेर अगाडि बढ्ने नाट्टाका अध्यक्ष अच्युत गुरागाँइले बताए । उनले अन्तर्राष्ट्रिय जगतमा ट्राभल एडभाइजरीमा नेपाललाई ‘रेड जोन’मा राखिएको हुँदा सो रेड जोन हटाउनका लागि पर्यटनकर्मीहरुलाई पूर्ण रुपमा कोभिडविरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाध रुपमा आउन दिनुपर्ने बताए ।
क्वारेन्टाइन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरेमात्र ट्राभल एडभाइजरी रेड जोनबाट सुरक्षित जोनका रुपमा विश्वबजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सो को अविलम्ब व्यवस्था गर्न व्यवसायीले उनँले अनुरोध गरे । चौध वटै संस्थाका अध्यक्ष तथा पदाधिकारीको बिहिबार भएको बैठकले पाँचबुँदे मागसहित विज्ञप्ति सार्वजनिक गरेको हो ।
















सिंहदरबार बदल्न आएका हौँ, हनिमुन प्रियडर चाहिँदैन : रवि लामिछाने
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण
व्यवसायी दीपक भट्ट पक्राउ
सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै
नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया