सोमबार, फागुन २५, २०८२

रोकियो स्थानीय तहको कर्मचारी सरुवा

मेरोन्यूज २०७८ असोज १ गते १८:२३

काठमाडौँ । सरकारले कर्मचारी सरूवा रोकेको छ । चालु जनगणना अवधिभरका लागि स्थानीय तहको कर्मचारी सरुवा रोकेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै कर्मचारी सरुवा स्थगित गरेको हो ।मन्त्रालयको जारी गरेको पत्रअनुसार गत भदौ ३० गतेदेखि सुरु भएको जनगणनालाई प्रभावकारी बनाउन कर्मचारी सरुवा स्थगित गरिएको उल्लेख छ ।

मन्त्रालयले स्थानीय तहका कर्मचारी र जनगणनामा काजमा खटिएका कर्मचारीलाई सो अवधिभर सरुवा नगरिने जनाएको छ ।

प्रतिक्रिया