उच्च रक्तचापको औषधि किन निरन्तर खाने ?

मैले उच्च रक्तचापको औषधि जिन्दगीभर खानुपर्छ कि पर्दैन ? धेरैले सोध्ने प्रश्न हो । धेरै जसोलाई लाग्छ, कुनै पनि रोगको औषधि रोग हुँदासम्म खाने, तर रोग निको भएपछि औषधि किन खाने ? अर्को उच्च रक्तचापको औषधि केही समय खाएर छोडे हुन्न भन्ने प्रश्न धेरै आउने गरेका छन् ।
सामान्यतया रक्तचाप भनेको मुटुबाट बाहिर निस्केको रगतको चापलाई भनिन्छ । माथिल्लो रक्तचाप मुटुले पम्प गर्दा १४० भन्दामाथि र तल्लो आराम गरेको बसेको समयमा ९० भन्दामाथि गएमा उच्च रक्तचाप भन्ने गरेका छौँ । उच्च रक्तचाप एकै छिनका लागि बढ्ने पनि हैन । अर्को, यो एकैछिन औषधि सेवन गरेर घट्ने पनि हैन । यो बढ्नु भनेको शरीरमा विभिन्न कारणले हुन्छ । त्यसलाई घटाउन औषधि सेवन गर्नु पर्छ ।
रक्तनलीमा हुने रगतको चाप निरन्तर बढिरहनुलाई उच्च रक्तचाप भनिएको हो । घटेको महसुस भएसँगै आफू खुसी औषधि छोड्नु हुँदैन । निरन्तर औषधि प्रयोग गर्नु पर्छ ।
यदि, हामीले हेल्च्याक्राई गरेर औषधि खान छोड्यौँ भने पुन: बढ्दै जान्छ । औषधिले बढेको रक्तचाप सामान्य अवस्थामा ल्याएको हुन्छ । तर, औषधि छोड्दा नियन्त्रणमा आएको रक्तचाप एकैपटक बढेर रक्तनली फुट्ने सम्भावना हुन्छ । औषधि छोड्दा रक्तनली फुटेर मस्तिष्कघात हुन सक्छ । त्यसैले उच्च रक्तचापको औषधि नियमित सेवन गर्न छोड्नु हुँदैन ।
केही व्यक्तिमा तनावले वा कुनै क्षणिक कारणले रक्तचाप बढेमा केही दिन औषधि दिएर विस्तारै छोड्न मिल्ने हुन्छ । तर, यस्तो प्रकारको उच्च रक्तचापको औषधि सेवन नगन्य मात्रामा हुन्छ ।
उच्च रक्तचापको औषधि सेवन गरेकाले चिकित्सकको सल्लाहविना बिचमा औषधि छाड्ने काम गर्नु हुँदैन । यदि, हामीले समयमै उच्च रक्तचाप नियन्त्रण गरेमा त्यसबाट निम्तिने हृदय घात, मस्तिष्क घात, मृगौला फेल हुने समस्याबाट बच्न सक्छौँ । त्यसैले उच्च रक्तचापका बिरामीले आफूले लिएको रक्तचाप नियन्त्रण गर्ने औषधि छाड्न हुँदैन ।
अर्को कुरा, मलाई धेरैले सोध्ने प्रश्न हो, यो औषधिको साइडइफेक्ट छैन ? हामीले यो औषधिले सकारात्मक इफेक्ट धेरै छ कि त्यसबाट हुने नगन्य नकारात्मक इफेक्ट बढी छ त्यो हेर्न जरुरी छ । केहीलाई यो औषधिले खुट्टा सुनिने वा खोकी लाग्ने हुन्छ । तर, त्यस्तो समस्या देखिएमा चिकित्सकलाई जानकारी गराउनु पर्छ ।
जिन्दगीभर खानु पर्ने भनेर दिक्क मानी औषधि नछोडौँ । पछिल्लो समय उच्च रक्तचापको नियमित औषधि लिँदा हृदय घात, मस्तिष्क घात, मृगौला फेल हुने उचाररत मानिसमा कम देखिएको छ । त्यसैले औषधि खान सुरु गर्न र निरन्तरता दिन आग्रह गर्दछु ।
(धुलिखेल अस्पतालका मुटु रोग विशेषज्ञ डा. कोजुसँग गरिएको कुराकानीमा आधारित)















नेपालका विनाेद चौधरीको सम्पत्ति ३ खर्ब २ अर्ब पुग्यो
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया