अफगानिस्तानबाट थप ३४ नेपाली स्वदेश फिर्ता हुँदै
मेरोन्यूज
२०७८ असोज २ गते ७:५६

काठमाडौँ । अफगानिस्तानमा अलपत्र परेका ३४ नेपालीलाई आज स्वदेश ल्याइने भएको छ । तालिवानले पूरै देश कब्जा गरेसँगै अफगानिस्तानको अवस्था सहज नभएपछि बाँकी नेपालीलाई ल्याउने भएको हो ।
गैर कानुनी तरिकाले कामका लागि अफगानिस्तान पुगेका उनीहरूसँग स्वदेश फिर्ता हुने आवश्यक कागज पत्र छैन । यसैबीच उनीहरूलाई फर्काउन नयाँ दिल्लीस्थित नेपाली दूतावासले समन्वय गरेको हो ।
अफगानिस्तानमा भएका नेपालीले शनिबार बिहान करिब १० बजेसम्ममा काबुल छाड्ने छन् । सोही जहाजमा संयुक्त राष्ट्रसंघ (यूएन) र युनिसेफमा कार्यरत करिब सय जना नेपालीसमेत आउने भएका छन् ।
अमेरिकी सेनाले गत अगस्ट ३० गते अफगानिस्तान छाडेसँगै नेपालीसहित विदेशी नागरिकहरू आआफ्नो देश फर्किँदै आएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ९ सय ४० नेपाली अफगानिस्तानबाट स्वदेश फिर्ता भइसकेका छन् ।
सम्बन्धित
















आणविक वार्ताको प्रगतिमा बाधक पश्चिमा भएको इरानको दावी
अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर भोलि नेपाल आउँदै
वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
देशलाई विकास र सुशासन चाहिएको छ : लामिछाने
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
आईसीसी टी–२० विश्वकप: श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया