प्रकाशको किरणबाट उच्च गतिको इन्टरनेट सुरु

काठमाडौं । विश्वकै सबैभन्दा गहिरो कोङ्गो नदी वरपरका क्षेत्रमा प्रकाशको किरणबाट उच्च गतिको इन्टरनेट दिने कार्य सुरु भएको छ ।
सेवा सुरू भएसँगै कोङ्गो नदीले छुट्याएका ब्रजिभिला र किंशासा सहरका जनताले सस्तो मूल्यमा फास्ट इन्टरनेट चलाउन पाउने भएको दी इकोनोमिक टाइम्सले जनाएको छ ।
गुगललाई नियमन गर्ने कम्पनी अल्फाबेटको ‘तारा’ प्रोजेक्टमार्फत लेजर इन्टरनेट सिस्टमबाट ७०० टेराबाइट डेटा ट्रान्सफर भएको जनाइएको छ । यो सेवाको पहुँच सबै मौसम र स्थानमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
अफ्रिकाका यी दुई सहरमा भएको दूरीलाई मेटाउने उद्देश्यले यो अभ्यास गरिएको अल्फाबेटलाई उदृत गर्दै दी इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
यी दुई सहरका १ करोड ७० लाख मानिसलाई सबै मौसममा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको योजना रहेको छ ।
कम्पनीले विगत तीन वर्षदेखि यो परियोजनामा काम गरिरहेको थियो । यसैगरी कम्पनीले केन्यामा उच्च गतिको इन्टरनेट व्यवसायिक रुपमा उपलब्ध गराउने योजना बनाएको छ ।
कम्पनीका अनुसार वायरलेस अप्टिकल कम्युनिकेसन सिस्टम (ताररहित प्रविधिबाट इन्टरनेट उपलब्ध हुने) मार्फत २० दिनमा ७०० टेराबाइट डेटा ट्रान्सफर भएको छ । जसअन्तर्गत २० जीबीपीएस कमर्सियल लिंक उपलब्ध गराइएको छ ।
चरा उड्दा समस्या देखिएपछि समस्याको समाधानमा काम गरिरहेको कम्पनीले जनाउँदै यो प्रविधि भारत, केन्या, मेक्सिको र अमेरिकामा परीक्षण गरिएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया