मंगलबार, फागुन २६, २०८२

कुमारी यात्रा हेर्न पुगे राष्ट्रपति र प्रधानमन्त्री (फोटोफिचर)

जुली गिरी २०७८ असोज ३ गते १७:४७

काठमाडौँ । इन्द्र जात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा बसन्तपुर पुगेका छन् । कुमारी यात्राको अवलोकन गर्न उनीहरू बसन्तपुर पुगेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपति र प्रधानमन्त्रीले वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी मनाइने इन्द्र जात्रा पर्वमा कुमारी यात्रा हेर्न जाने प्रचलन रही आएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो जात्रा काठमाडौँ, ललितपुर, भक्तपुरसहित केही स्थानमा मनाउँदै आएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि यो जात्रा सुरु हुने गर्दछ ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया