पोखरामा माधव नेपालको गण्डकी प्रदेश कार्यालय स्थापना
शाक्यलाई मुख्यमन्त्रीबाट हटाउने नेता नेपालको संकेत

पोखरा । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले कास्कीको पोखरामा गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ ।
पार्टी अध्यक्ष माधव नेपालले आइतबार प्रदेश कार्यालयका साथै कास्की जिल्ला र पोखरा महानगर कमिटीको कार्यालय पनि उद्घाटन गरेका छन् ।
तीन वटै कार्यालय एउटै घरमा राखिएको छ । नेकपा एसले पोखरा–८ जाल्पारोडस्थित तीन तले घर भाडामा लिएर प्रदेश, जिल्ला र नगर कमिटीको कार्यालय स्थापना गरिएको छ ।
तीन तलाको घरमा दोस्रो तलामा जिल्ला र महानगरपालिकाको कार्यालय राखिएको छ भने माथिल्लो तलामा प्रदेश कार्यालय रहेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल पार्टी प्रशिक्षणका लागि पोखरा आएका हुन् । पोखरामा आइतबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै नेपालले एक हप्ताभित्र प्रदेश एक र बागमती प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकार बनाउने उद्घोष गरेका छन् ।
केपी ओली नेतृत्वको सरकार हटाएर १ नम्बर र बाग्मती प्रदेशमा नेकपा एसको नेतृत्वमा सरकार बनाउन लागिएको उनले बताए । उनले आफ्नो पार्टी कति प्रतिशत छ भन्ने कुरा थाहा पाउने भनी ओलीतर्फ नै संकेत गरे । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफूलाई माधव नेपालको पनि समर्थन रहने बताइरहँदा नेपालले शाक्यलाई हटाउने संकेत दिएका छन् ।










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया