आईओएस १५ सँगै आईफोनमा धेरै सुविधा

काठमाडौं । एप्पलले आईओएस १५ को फाइनल भर्सन डाउनलोडका लागि उपलब्ध गराएको छ ।
केहीले आईफोन प्रयोग गर्ने तरिकालाई नै परिवर्तन गरिदिन सक्छन् । जसमध्ये काम गर्ने व्यक्तिलाई ध्यानमग्न वा एकाग्र भएर आफ्नो काम गर्ने सुविधा दिएको एप्सले जनाएको छ ।
नयाँ आईओएसमा आएको सबैभन्दा महत्वपूर्ण मध्येको एउटा फोकस मोड हो । जुन सेटिङ मेनुमै पाउन सकिन्छ र यो ‘डु नट डिस्टर्ब’ भएकाले ध्यानमग्न भएर काम गर्न सकिन्छ । तर यसमा घरमा भएको, काममा रहेको वा बिदामा बसेको अवस्थाका लागि नोटिफिकेसन प्राप्त हुने आफ्नै किसिमका नियम राखेर मिलाउन सकिनुका साथै म्यासेज गर्ने व्यक्तिलाई समेत आफ्नो नोटिफिकेसन अफ रहेको जानकारी दिने विकल्पसमेत आइओएस १५ मा रहेको सी नेट टिचलाई उल्लेख गर्दै दी इकोनोमिक टाईम्सले जनाएको छ ।
फोटोज, सफारी, एप्पल न्युज, एप्पल म्युजिक, एप्पल पोडकास्ट र एप्पल टिभी सहित एप्पलको आईओएसमा रहेका अनेकौँ एपमा ‘शेयर्ड विथ यु’ नाम दिइएकोले आफूले शेयर गरिएको जानकारी समेत दिइएको एप्पलले जनाएको छ ।
नोटिफिकेसनको सारांशको प्राप्त हुने शेड्युल मिलाउन सकिने आईओएस १५ मा उल्लेख छ । आईफोनको क्यामेराबाट फोटो खिच्दा ब्याकग्राउन्ड ब्लर हुने ‘पोट्रेट मोड’ अब फेसटाइमको कलमा समेत प्रयोग गर्न सकिने भएको छ । यसका लागि कलको दौरान ठूलो आकारमा हेर्न आफ्नो भिडिओ थम्बनेलमा ट्याप गरेर माथिल्लो बायाँ कुनामा देखिने पोट्रेट मोड आईकनमा दबाउन सकिन्छ र यसबाट तुरुन्तै तपाईंको ब्याकग्राउन्ड ब्लर हुने भएकाले फेसटाइममा पोट्रेट मोड तयार भएको छ ।
यस्तै आईओएस मार्फत आफ्नो स्वास्थ्यको जानकारी शेयर गर्न सकिने सुविधा राखिएको छ । आफू कत्तिको सोझो भएर हिडिन्छ त्यसबारे जानकारी समेत आइफोनद्धारा सहज रुपमा पाइन्छ । यसले हिँडाईमा परिवर्तन हुँदैछ भने सूचना मार्फत चेतावनी दिनुका साथै अर्को वर्षको अवस्थाबारे अनुमानसमेत लगाउन सक्छ ।
यि लगाएत विभिन्न १९ वटा सुविधा आइफोनमा राखिएको दि इकोनोमिक टाइम्सले जनाएको छ । आईओएस १५ मा आएको एउटा अर्को आकर्षक फिचर भनेको शेयरप्ले हो । फेशटाइमको यो नयाँ टुलले आफ्ना प्रियजनसँग भिडिओ कल गर्दै एप्पल टिभी प्लस वा एप्पल म्युजिक जस्ता एपमा सँगसँगै टिभी तथा मुभी हेर्ने सुविधा रहेको छ ।
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया