शुक्रबार, फागुन ८, २०८२

ओलीको प्रतिवेदन : अदालतमा सेटिङको गलत र घातक अभ्यास

मेरोन्यूज २०७८ असोज ५ गते १५:०९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतमा ‘सेटिङ’को गलत र घातक अभ्यास भएको वताएका छन् । सर्वाेच्च अदालतले आफु नेतृत्वको सरकारको विकल्पमा संसद पूर्नस्थापना गर्ने र कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश सम्म दिने कार्य ‘सेटिङ’ का आधारमा भएको वताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

ओलीले पार्टीको असोज १५ देखि हुन लागेको विधान महाधिवेशनमा पेश गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा अदालतभित्र अदालतमा ‘सेटिङ’को गलत र घातक अभ्यास भएको उल्लेख गरेका हुन् ।

सर्वाेच्च अदालतले असार २८ को फैसला निश्चित समुहहरुका स्वार्थ पूर्तिका लागि गरिएको राजनीतिक फैसला भएको र उक्त फैसलाले संविधानको अपब्याख्याले सारमा संविधानको अप्रत्यक्ष संशोधन गरेको ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘फैसलामा विभिन्न मुलुकका सैनिक शासनलाई सघाउने खालका कतिपय नजिरहरुलाई उद्दृत गरिएको छ । संसद विघटनलाई अनुचित सावित गर्न झुठा सन्र्दभको उल्लेख गरिएको छ । राष्टपतिका अधिकारका सन्र्दभमा गलत प्रसंगहरुको साहरा लिइएको छ । निवेदकहरुले अनुकुल ठानेका न्यायाधीशहरु राख्ने र प्रतिकुल ठानेका न्यायाधीसहरुलाई हटाएर इजालस गठन गर्ने ‘सेट्रिङ’को गलत र घातक अभ्यास सुरु भएको छ ।’

यधपी ओलीले फैसलाका विभिन्न विषयमा पार्टीको आलोचना, विमति र गहिरो आशंकाका बाबजुद फैसलालाई कार्यान्वयन गरिएको ओलीको भनाई छ ।

प्रतिक्रिया