साहस ऊर्जा र मैलुङ खोला जलविद्युतको शेयर खुल्दै

काठमाडौं । साहस ऊर्जा लिमिटेड र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर जारी हुने भएको छ ।
साहस ऊर्जाले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर बुधबार निष्काशन गर्दैछ ।
निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।
सर्वसाधारणले ६४ लाख ४० हजार कित्ता शेयरमा असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।
असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यो कम्पनीले सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
यस्तै, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले संस्थापक तर्फको २५ लाख ७७ हजार कित्ता, सर्वसाधारणतर्फको ७ लाख ३६ हजार २८६ कित्ता र स्थानिय वासिन्दाको ३ लाख ६८ हजार १४४ कित्ता शेयर मंगलवार नेप्सेमा सूचीकृत गराएको हो ।
एमकेजेसीएल स्टक संकेतबाट कम्पनीको शेयर सूचीकृत भएको हो । कुल शेयरमध्य सर्वसाधारणतर्फको शेयर मात्र सम्बन्धीत शेयरधनीहरुले खरिद विक्री गर्न पाउनेछन् ।
संस्थापक र स्थानिय तर्फको शेयर भने तीन वर्षसम्म खरिद विक्री गर्न पाइनेछैन ।
मैलुङ खोलाले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी साउन २६ गते बाँडफाँट गरेको थियो ।









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
प्रतिक्रिया