साहस ऊर्जा र मैलुङ खोला जलविद्युतको शेयर खुल्दै

काठमाडौं । साहस ऊर्जा लिमिटेड र मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर जारी हुने भएको छ ।
साहस ऊर्जाले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर बुधबार निष्काशन गर्दैछ ।
निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।
सर्वसाधारणले ६४ लाख ४० हजार कित्ता शेयरमा असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।
असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यो कम्पनीले सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
यस्तै, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको ३६ लाख ८१ हजार ४३० कित्ता शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले संस्थापक तर्फको २५ लाख ७७ हजार कित्ता, सर्वसाधारणतर्फको ७ लाख ३६ हजार २८६ कित्ता र स्थानिय वासिन्दाको ३ लाख ६८ हजार १४४ कित्ता शेयर मंगलवार नेप्सेमा सूचीकृत गराएको हो ।
एमकेजेसीएल स्टक संकेतबाट कम्पनीको शेयर सूचीकृत भएको हो । कुल शेयरमध्य सर्वसाधारणतर्फको शेयर मात्र सम्बन्धीत शेयरधनीहरुले खरिद विक्री गर्न पाउनेछन् ।
संस्थापक र स्थानिय तर्फको शेयर भने तीन वर्षसम्म खरिद विक्री गर्न पाइनेछैन ।
मैलुङ खोलाले साउन १४ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी साउन २६ गते बाँडफाँट गरेको थियो ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया