नारायण खड्का परराष्ट्रमन्त्री बन्ने निश्चित
खड्काले बुधवार नै सपथ लिने

काठमाडौँ । सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ ।
बालुवाटारमा बेलुकाबाट बसेको सत्ता गठबन्धनको बैठकले खड्कालाई परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको बताइएको छ ।
अन्य मन्त्रीहरुको बारेमा भने ठोस निर्णय हुन सकेको छैन ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व, कोभिड खोपमा कुटनीतिक पहल गर्न आवश्यक भएकाले खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय बालुवाटार भएकाे स्राेतकाे भनाइ छ । खड्काले भोलि बुधवार सपथ लिदैछन् ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुस्
राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाइयो










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया