आइतबार, पुष ६, २०८२

आजको राशिफल : आश्विन ६ गते बुधबार

मेरोन्यूज २०७८ असोज ६ गते ६:१६

आज २०७८ साल आश्विन महिनाको ६ गते बुधबार, आश्विन कृष्णपक्षको द्वितीया तिथि । आज सोह्रश्राद्ध अन्तर्गत द्वितीया श्राद्ध रहेको छ ।

मेष
भाग्य बलियो रहेको छ । पेशागत जीवन सतत रहने छ । आफ्नो कामप्रति समर्पित काम गर्न लाग्ने छ । आम्दानीमा पनि केही बृद्धि हुने छ । बोलिको प्रभाव बढ्ने छ । घर घडेरीसँग सम्बन्धि विषयमा भने नोक्सानी ब्योहर्नु पर्ने समय सक्रिय रहेको छ ।

वृष
आम्दानीमा पनि केही बृद्धि देखा पर्ने छ । बोलीको प्रभाव बढ्ने छ । रिसको मात्रा धेरै देखा पर्ने भएकाले यसलाई नियन्त्रण गर्ने प्रयास गर्नु राम्रो हुने छ । पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुने छ । तर मनमा उदासिनता र निराशाले घेर्ने भएकाले मन नियन्त्रणमा ध्यान दिनु होला ।

मिथुन
दाम्पत्य जीवनमा सुमधुरता र शितलामा देखा पर्ने छ । पेशागत जीवनमा शुभता बृद्धि हुनेछ । बोलीको प्रभाव र व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुँदा कार्य सफलता प्राप्त हुने छ । धन सम्पत्ति नोक्सानीतर्फ जाने अवस्था देखिएकाले संयमित रहनु उपयुक्त हुने छ ।

कर्कट
मनमा दुविधाका मात्राहरु धेरै आउने छ । व्यक्तित्वमा दुविधा देखा पर्न जाँदा कमजोर मनोबल हुने छ । पेशागत जीवनमा पनि संयमित रहनु पर्ने समय रहेको छ । झैझगडाका विषयहरु आउने भएकाले संयमित रहनु नै राम्रो हुने छ । पारीवारिक साथ र सहयोगले गर्दा परिस्थितिलाई व्यवस्थापन गर्न सहायता मिल्ने छ ।

सिंह
बोलीको प्रभावका कारण आम्दानीमा बृद्धि हुने छ । प्रेममा सफलता मिल्ने छ । रोमाण्टिक खालके व्यक्तित्वले गर्दा विपरित लिङ्गीहरु आकर्षित हुने छन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । तर व्यक्तित्वमा केही ह्रास देखा पर्ने छ । पेशागत जीवन औसत रहने छ ।

कन्या
बोलीमा आउने प्रभावका कारण पेशागत जीवनमा सकारात्मक नतिजाहरु प्राप्त हुन पुग्ने छ । पेशागत जीवनमा सकारात्मकता बृद्धि हुने छ । महत्वपूर्ण जिम्मेबारी निर्वाह गर्न पाइने छ । ब्यवस्थापकीय खुवी तथा क्षमतामा बृद्धि हुने हुँदा प्राप्त जिम्मेबारीमा सफलता मिल्ने छ ।

तुला
बौद्धिक क्षेत्रमा प्रगति हुने छ, अरुले कदर गर्ने छन् । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा भने द्वन्दात्मक वातावरणको सामना गरी अघि बढ्नु पर्ने छ । बोलीको प्रभावकारितामा गिरावट आउने भएकालेसंयमित रहनु नै उपयुक्त हुने देखिन्छ ।

वृश्चिक
परिवारमा सहज वातावरण हुने हुँदा शान्ति छाउने छ । पेशागत क्षेत्रमा प्रगति हुने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । भाग्य बलियो रहेका कारण धन सम्पत्तिको क्षेत्रमा पनि उन्नति हुने छ । शितल खालको व्यक्तित्व बन्ने छ । व्यवस्थापकीय क्षमतामा कमि आउने हुँदा यस विषयमा ध्यान दिनु होला ।

धनु
पेशागत जीवनमा असन्तुलन देखिने भएकाले धैर्य भएर कदमहरु चाल्नु होला । कमजोर मनोबल भएको व्यक्तित्व बन्ने भएकाले अरुले हेप्ने छन् । प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । जीवनसाथिको साथले निकै सहज बनाउने छ ।

मकर
आम्दानीमा कमि आउने छ । साझेदारीमा गरिएका काममा पनि कठिनाईहरुको सामना गर्नु पर्ने छ । दाम्पत्य जीवनमा कटुता आउने छ । मनोबल उच्च रहने भएकाले कठिनतामा पनि हडबडाउने स्वाभाव भने हुने छैन् । पेशागत जीवनमा जुध्नु पर्ने र आलोचनाको सामना गरि अघि बढ्नु पर्ने छ ।

कुम्भ
साझेदारीमा गरिएका कामहरुमा द्वन्दको अवस्था आउने छ । पेशागत जीवनमा संयमित भई कदमहरु चाल्नु पर्ने समय रहेको छ । आम्दानी बढाउन मनोबल प्राप्त हुने छ । पेशागत जीवनमा प्रतिकुलताहरु देखा पर्न जाने भएकाले उच्च मनोबलसहित अघि बढ्नु पर्ने छ ।

मीन
। पेशागत जीवन औसत खालको हुने छ । लद्युताभाषले सताउने छ । आफूलाई कमजोर र अरुलाई सवल मात्र देख्ने हुँदा आँटिलो स्वाभावका ठाउँमा कमजोर व्यक्तित्व बन्ने छ । आम्दानीमा भने केही बृद्धि हुने छ । भाग्यहिनताको आभाषले गर्दा जोखिमपूर्ण कार्यमा निर्णय लिन कठिनाईको सामना गर्नु पर्ने छ ।

प्रतिक्रिया