पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
मेरोन्यूज
२०७८ असोज ६ गते ७:२४

भरतपुर । चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ ।
सम्बन्धित
















मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
बागलुङमा झण्डै २७ करोडको सुन्तला उत्पादन
झापा गोल्डकपको सातौँ संस्करण माघ २४ देखि सुरु हुँदै
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया