चुनावपछि पनि वाम-लोकतान्त्रिक गठबन्धन अगाडि जान्छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन दलकाबीचमा आउने चुनावसम्मै सहकार्य र गठबन्धन निर्माणमा समझदारी जुटिसकेको र चुनावपछि पनि यही गठबन्धनलाई निरन्त्र अगाडि बढाएर लैजाने बताएका छन् ।
‘गठबन्धन सरकारमा हामी सहभागी छौं । यो सरकार आगामी चुनावसम्म अगाडि जानेछ । बाम लोकतानित्रक गठबन्धन अहिले बनेको छ । यसलाई हामीले आगामी चुनावसम्मै लैजान्छौं । अझ त्यसलाई चुनाव पछि पनि अझ अगाडी वढाएर लैजाने काम गछौं,’ अध्यक्ष नेपालले भने ।
नेपालले केही दिनमै पार्टी सरकारमा जाने पनि वताए । उनले केन्द्र सरकारमा मात्र नभई प्रदेश १ र बागमतिमा पनि नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बनाउने प्रयास भईरहेको बताए । उनले पार्टीमा लागेका नेता–कार्यकर्तालाई योग्यता र क्षमताका आधारमा उचित मूल्याकन हुने पनि बताए ।
नेपालले भारी बोक्ने आँट गरेर नै पार्टीलाई पुर्नगठन गरिएको बताए । भारी बोक्ने आँट गरेर त्यो आँट देखाउनु पर्ने नेपालको भनाई थियो । पार्टीमा अहिले युवाहरुको आकषर्ण बढ्दै गएको नेपालको भनाई छ ।
तर पनि यो अभियानलाई कमजोर बनाउन अनेकथरी मानिस लागेको र उनीहरुले सत्तोसराप गरिरहेको नेपालको भनाई थियो ।













विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
बाँकेका थारू बस्तीमा माघीको चहलपहल
55 days to elections: Political parties can obtain details of voters across country
सुरक्षण मुद्रण केन्द्रः दुई महिनामा नौ हजार लाइसेन्स छपाइ
प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया