चुनावपछि पनि वाम-लोकतान्त्रिक गठबन्धन अगाडि जान्छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धन दलकाबीचमा आउने चुनावसम्मै सहकार्य र गठबन्धन निर्माणमा समझदारी जुटिसकेको र चुनावपछि पनि यही गठबन्धनलाई निरन्त्र अगाडि बढाएर लैजाने बताएका छन् ।
‘गठबन्धन सरकारमा हामी सहभागी छौं । यो सरकार आगामी चुनावसम्म अगाडि जानेछ । बाम लोकतानित्रक गठबन्धन अहिले बनेको छ । यसलाई हामीले आगामी चुनावसम्मै लैजान्छौं । अझ त्यसलाई चुनाव पछि पनि अझ अगाडी वढाएर लैजाने काम गछौं,’ अध्यक्ष नेपालले भने ।
नेपालले केही दिनमै पार्टी सरकारमा जाने पनि वताए । उनले केन्द्र सरकारमा मात्र नभई प्रदेश १ र बागमतिमा पनि नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्वमा सरकार बनाउने प्रयास भईरहेको बताए । उनले पार्टीमा लागेका नेता–कार्यकर्तालाई योग्यता र क्षमताका आधारमा उचित मूल्याकन हुने पनि बताए ।
नेपालले भारी बोक्ने आँट गरेर नै पार्टीलाई पुर्नगठन गरिएको बताए । भारी बोक्ने आँट गरेर त्यो आँट देखाउनु पर्ने नेपालको भनाई थियो । पार्टीमा अहिले युवाहरुको आकषर्ण बढ्दै गएको नेपालको भनाई छ ।
तर पनि यो अभियानलाई कमजोर बनाउन अनेकथरी मानिस लागेको र उनीहरुले सत्तोसराप गरिरहेको नेपालको भनाई थियो ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया