एकैदिन नौ सयले बढ्यो सुनको मूल्य
मेरोन्यूज
२०७८ असोज ६ गते ११:५१

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य नौ सयले बढेको छ । छापावाल सुन मंगलबार ८९ हजार दुई सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार आज छापावाल सुनको मूल्य ९० हजार एक सय तोकिएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० कायम गरिएको छ । तेजाबी सुन मंगलबार प्रतितोला ८८ हजार ७५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य मंगलबारका तुलनामा आज प्रतितोला २५ले बढेको छ ।
चाँदी मंगलबार प्रतितोला एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला एक हजार १६५ तोकिएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।
सम्बन्धित

















चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
Election preparations over in Sudurpaschim Province
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
HoR elections: Nepal-India border closed for 72 hours since last midnight
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया