सोमबार, फागुन १८, २०८२

टिभीएसकाे एक्सचेन्ज मेलामा आकर्षक चहलपहल (फोटोफिचर)

जुली गिरी २०७८ असोज ६ गते १७:११

काठमाडौं । काठमाडाैकाे भृकुटीमण्डपमा लागेको टिभीएसकाे एक्सचेन्ज मेलामा चहलपहल देखिएको छ । गत मंगलबारबाट सुरु भएको मेला आज सकिदैछ । कोरोना संक्रमणको जोखिमका कारण मेलामा उपस्थिति कम भए पनि मेलाकाे अन्तिम दिन चहलपहल भने निक्कै देखिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपालीहरुको महान चाड वडादशै नजिकिदै गर्दा चलाइएको टिभीएसकाे एक्सचेन्ज मेला ब्यापारिक उदेश्यका लागि निक्कै फलदायी रहेको आयोजकहरुले प्रतिक्रिया दिएका छन् ।

मेलामा स्कृटी, मोटरसाइकल राखिएको थियो । पुराना स्कुटी र मोटरसाइकल दिएर नयाँ स्कुटी र मोटरसाइकलको एक्सेन्ज गर्न मेलाको आयोजना गरिएको थियो । मेलामा युनिराइड टिभीएसले सबैभन्दा बढी एक्सचेन्ज गरेको थियो ।

यसमा ग्राहकलाई नगद पैसा र गाडी उपहारसम्मका स्कीम दिइएको थियो ।

१५ सय टीभीएस मोटरसाइकल बिक्रीको लक्ष्य लिइएको मेलामा २५ सय बढी बाइक बिक्री भएको आयोजक टीभीएस कम्पनीका असिस्टेन्ट म्यानेजर विवश थापाले जानकारी दिए ।

आयोजकका अनुसार मेलामा झण्डै ७ हजार बढीले अवलोकन गरेका थिए ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया