ललितानिवास जग्गा प्रकरण
गच्छदारको जिकिरः प्रतिशोध साँध्नकै लागि ममाथि मुद्दा चलाइयो

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललितानिवास जग्गा प्रकरणमा प्रतिशोध साँध्नका लागि मुद्दा चलाइएको जिकिर गरेका छन् ।
मगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मलाई तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने दूषित उद्देश्यले मुद्दा चलाएको बताए ।
उनले मेरो ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोग लागेको आरोप लगाए ।
‘ममाथि लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजातहरु अध्ययन गरिएमा मेरोविरुद्ध लगाइएका आरोपहरु झूटा हुन् भन्ने प्रमाणित हुन्छ,’ उनले भने– ‘मलाई तत्कालिन सरकारले पूर्वाग्रहरुपमा मुछेको हुँदा त्यसलाई प्रतिशोध साँधेर फसाएको भनेको हुँ । ’ आफू डेढ वर्षपछि यसरी सार्वजनिक रुपमा आएको पनि उनले बताए ।
कांग्रेसको सरकार आएर मलाई विशेष अदालतबाट धरौटीमा रिहा नगरेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको दोस्रो दिन नै हाजिर भयो, यो कांग्रेसको सरकार आएपछि भन्ने होइन, मेरो पहिला नै मुद्दा बेरितको उपस्थिति हुने गरी तामेल गरिएको थियो ।’
ललितानिवास जग्गा प्रकरणमा मुछिएपछि लामो समय सक्रिय राजनीतिबाट गुमनाम भएका गच्छदार गत ३० असारमा विशेष अदालतबाट १० लाख धरौटीमा छुटेका थिए ।




















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
प्रतिक्रिया