अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइदै

काठमाडौं । आवाज नसुन्नेका लागि आवाजको काम संकेतले गर्दछ । हरेक वर्ष सेप्टेम्बर २३ तारिख अर्थात् आजका दिन विश्व सांकेतिक भाषा दिवस मनाइन्छ ।
सन् २०२१ को सांकेतिक भाषा दिवसको नारा वीई इग्न् फर ह्युमन राइटस् (हामी मावन अधिकारका लागि सांकेतिक भाषा) रहेको छ । सबैका लागि बोलिचालिको भाषा मैत्रीपूर्ण नहुने भएकाले सांकेतिकसँगै शारीरिक दुर्वलतालाई पनि आवश्यक मैत्रीपूर्ण संरचनाको प्रविधि माध्यमको सेवा, सुविधा र समाचारको जानकारी पाइन्छ ।
संयुक्त राष्ट्र संघको दीर्घकालीन लक्ष्यका सूचिमा सांकेतिक भाषाको प्रवद्र्धन र प्रयोगलाई पनि महत्वका साथ राखिएको छ । सन् २०१८ मा प्रथम पटक यो दिन मनाइएको हो । सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउनु दिवसको लक्ष्य छ ।
विश्वका हरेक कुना कन्दराका नेतृत्वले स्थानीय, राष्ट्रिय र क्षेत्रीय तवरमा सांकेतिक भाषाको प्रयोगलाई समावेश गर्न सकून् भन्ने संकल्पका साथ अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन थालिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सन् २०२१ को अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको प्रभाव सबैमा पर्न आवश्यक रहेको मानव अधिकारकर्मी कृष्ण पहाडीले जनाएका छन् ।
विश्वभर ७ करोड २ लाख व्यक्ति सुस्त श्रवणशक्ति भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यी मध्ये ८० प्रतिशतभन्दा बढी मानिस विकासोन्मुख देशमा पर्छन् भने ३०० भन्दा बढी प्रकारका सांकेतिक भाषा प्रयोग गर्ने गरेको विश्व भाषा अध्ययन केन्द्रले जनाएको छ ।
नेपाली सञ्चार माध्यम टिभीले समाचार तथा कार्याक्रम प्रसारण गर्दा, स्वास्थ्य मन्त्रालयको कोरोना अपडेट लगायतमा सांकेतिक भाषा (दोभाषे) राखिएको हुन्छ ।
दोभाषेले गर्दा सुस्तश्रवणले सबै कुराको जानकारी सहजै बुझ्न सक्छन् । औपचारिक र अनौपचारिक कार्यक्रममा दोभाषेको प्रयोगले सुस्तश्रवणलाई भाषा बुझ्न सजिलो भएको छ ।
















माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया