अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइदै

काठमाडौं । आवाज नसुन्नेका लागि आवाजको काम संकेतले गर्दछ । हरेक वर्ष सेप्टेम्बर २३ तारिख अर्थात् आजका दिन विश्व सांकेतिक भाषा दिवस मनाइन्छ ।
सन् २०२१ को सांकेतिक भाषा दिवसको नारा वीई इग्न् फर ह्युमन राइटस् (हामी मावन अधिकारका लागि सांकेतिक भाषा) रहेको छ । सबैका लागि बोलिचालिको भाषा मैत्रीपूर्ण नहुने भएकाले सांकेतिकसँगै शारीरिक दुर्वलतालाई पनि आवश्यक मैत्रीपूर्ण संरचनाको प्रविधि माध्यमको सेवा, सुविधा र समाचारको जानकारी पाइन्छ ।
संयुक्त राष्ट्र संघको दीर्घकालीन लक्ष्यका सूचिमा सांकेतिक भाषाको प्रवद्र्धन र प्रयोगलाई पनि महत्वका साथ राखिएको छ । सन् २०१८ मा प्रथम पटक यो दिन मनाइएको हो । सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउनु दिवसको लक्ष्य छ ।
विश्वका हरेक कुना कन्दराका नेतृत्वले स्थानीय, राष्ट्रिय र क्षेत्रीय तवरमा सांकेतिक भाषाको प्रयोगलाई समावेश गर्न सकून् भन्ने संकल्पका साथ अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन थालिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । सन् २०२१ को अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको प्रभाव सबैमा पर्न आवश्यक रहेको मानव अधिकारकर्मी कृष्ण पहाडीले जनाएका छन् ।
विश्वभर ७ करोड २ लाख व्यक्ति सुस्त श्रवणशक्ति भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यी मध्ये ८० प्रतिशतभन्दा बढी मानिस विकासोन्मुख देशमा पर्छन् भने ३०० भन्दा बढी प्रकारका सांकेतिक भाषा प्रयोग गर्ने गरेको विश्व भाषा अध्ययन केन्द्रले जनाएको छ ।
नेपाली सञ्चार माध्यम टिभीले समाचार तथा कार्याक्रम प्रसारण गर्दा, स्वास्थ्य मन्त्रालयको कोरोना अपडेट लगायतमा सांकेतिक भाषा (दोभाषे) राखिएको हुन्छ ।
दोभाषेले गर्दा सुस्तश्रवणले सबै कुराको जानकारी सहजै बुझ्न सक्छन् । औपचारिक र अनौपचारिक कार्यक्रममा दोभाषेको प्रयोगले सुस्तश्रवणलाई भाषा बुझ्न सजिलो भएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया