पर्यटन प्रवद्र्धनका लागि साइकलयात्रीको टोली दमौलीमा
दमौली । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउन सुरु गरिएको साइकल यात्राको टोली दमौली आइपुगेको छ । विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा साइकलयात्रीको टोली दमौली आइपुगेको हो ।
इलामको अन्तुदेखि सुरु भएको साइकलयात्रीको टोली मुगुको रारासम्म पुग्नेछ । यो यात्राले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको शाहले बताए । टोलीमा दमौलीका युवा विनोद सापकोटा पनि सहभागी छन् । कोरोनाले थलिएको पर्यटन क्षेत्रको प्रचारप्रसारमा आफूहरु लागेको उनले बताए ।
साइकलयात्रीको टोली २८ जिल्ला हुँदै चार सातामा रारा पुग्नेछ । यात्रामा साइकलयात्रा गरिसकेका र नयाँ गरी ५० जनाको टोली छ । साइकलयात्राले एक हजार ८०० किलोमिटर दूरी पार गर्नेछ ।
‘सम्बन्ध जोडौँ देश घुमौँ’ भन्ने नारासहित हिँडेको टोलीलाई व्यास नगरपालिकाले स्वागत गरेको छ । साइकलयात्रीलाई स्वागत गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यासभूमिको प्रचारका लागि साइकलयात्रीले सहयोग गर्र्नुपर्ने बताए । नगरप्रमुख न्यौपानेले व्यासको जन्मभूमि दमौलीका बारेमा देशका अन्यत्र जिल्लामा पनि प्रचार गर्न साइकलयात्रीलाई आग्रह गरे ।
















पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मेची पुलको ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया