नगरपरिषद् नहुँदा विकास निर्माण प्रभावित

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ को नगर परिषद् हालसम्म पनि सम्पन्न गर्न नसक्दा यस वर्ष विकास निमार्णका काम प्रभावित बनेका छन् ।
गत वर्ष २०७७ असार १० गते नगरसभामा आव २०७८/७९ का लागि पेश गरिएको अनुमानित बजेट हालसम्म पनि परिषद् सम्पन्न हुन नसक्दा विकास निमार्णका काम पूर्णरूपमा प्रभावित भएका हुन् ।
बजेट वितरणमा जनप्रतिनिधिको विवाद सिर्जना हुँदै आएपछि हालसम्म पनि नगर परिषद् सम्पन्न हुन नसकेकाले नगरभित्र हुनुपर्ने सबै विकास निर्माणका काम प्रभावित बनेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिए ।
जनप्रतिनिधिबीच बजेट बाँडफाँटमा सहमति जुट्न नसक्दा लामो समयदेखि नगर परिषद् सम्पन्न हुनसकेको छैन । चालु आव २०७८/७९ को नीति तथा कार्यक्रम पारित गरेर योजना कार्यान्वयन चरणमा जानुपर्ने बेलासम्म परिषद्सम्म नहुँदा नगरपालिकाको विकास निर्माणसँगै कर्मचारीको तलब निकासाको कामसमेत प्रभावित भएको हो ।
दश वडा रहेको उक्त नगरपालिकाका जनप्रतिनिधिबीच बजेट बाँडफाँटको विषयलाई लिएर आपसी समझदारी नहुँदा नगर परिषद्मा ढिलाइ हुँदै आएको छ । चौध स्थानीय पालिका रहेको पर्साका १२ स्थानीय तहमा परिषद् सम्पन भई यस वर्षको कामसमेत सुरु भइसकेको अवस्थामा पोखरिया नगरपालिका र धोबिनी गाउँपालिकाको यस वर्षको परिषद् सम्पन्न हुनसकेको छैन । रासस

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया