सुनको मूल्य पाँच सयले घट्यो
मेरोन्यूज
२०७८ असोज ७ गते ११:३९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य पाँच सयले घटेको छ । बुधबार ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकानुसार तेजाबी सुन बुधबार प्रतितोला ८९ हजार ६५० मा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला १० ले घटेको छ । चाँदी बुधबार प्रतितोला एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १५५ तोकिएको छ ।
अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।
सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया