आइतबार, चैत २२, २०८२

सर्वाेच्चद्वारा दल विभाजन अध्यादेशमा अन्तरिम आदेश दिन अश्वीकार

मेरोन्यूज २०७८ असोज ८ गते १५:५७

काठमाडौं । सरकारले माधव नेपाल र महन्थ ठाकुरको दल दर्ताका लागि सहज हुने गरी ल्याईदिएको राजनीतिक दल सम्वन्धी अध्यादेशमा अन्तरिम आदेश दिन सर्वाेच्च अदालतले अश्वीकार गरेको छ । दल विभाजन अध्यादेश कार्यानवयन हुन नदिने गरी अन्तमिर आदेशको माग सहित अदालत पुगेको रिटमा सर्वाेच्चको सम्वैधानिक इजालसले आज अन्तमिर आदेश दिन अश्वीकार गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

केन्द्रीय समिति वा संसदमा २० प्रपितशत सदस्य मात्र रहेपनि दल विभाजन गर्न सकिने गरी सरकारले राजनीतिक दल सम्वनधी प्रावधान लचिलो बनाएर अध्यादेश ल्याईदिएको थियो । त्यही अध्यादेशका आधारमा माधव नेपालले नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गराएका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । सरकारले गत भदौ २ गते राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न प्रतिनिधिसभा अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया