अफ्रिदी रहने किंग्स इलेभेनकाे टोली र जर्सी सार्वजनिक

काठमाडौं । किंग्स इलेभेन काठमाडौँले इपीएल खेल्ने टोली र जर्सी सार्वजनिक गरेको छ ।
एभरेष्ट प्रिमियर लिग (इएपीएल) को चौथो संस्करणमा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई समेटर बनाएको टोलीलाई शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
काठमाडौ आएका अफ्रिदीले शनिवार र सोमबार दुई खेल मात्र खेल्नेछन् । कार्यक्रममा किग्स इलेभेनबाट खेल्न काठमाडौ आएका अफ्रिदीले नेपालले नेपालले दिएको सम्मानले आफूलाई खुसी बनाएको बताए ।
कार्यक्रममा किग्स इलेभनका कप्तान सन्दिप लामिछानेले अफ्रिदीजस्ता अनुभवी खेलाडीको कारण टीमले सुखद नतिजा दिने बताए । आफ्रिदिको अनुभवले टीमलाई राम्रो खेल्न सहयोग पुग्ने बताए ।
किग्स इलेभन काठमाडौँको टीममा ४ जना विदेशी खेलाडीसहित नेपाली क्रिकेट खेलाडी अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेरमल्ल, सिद्धान्त लोहनी, मोहम्मद समसद शेख, दिपेन्द्र रावत, जितेन्द्र मुखिया, आशाक चन्द, अमरसिंह रौटेला र गुल्शन झा रहेका छन् ।
यस्तै विदेशी खेलाडीमा अफ्रिदीसहित जनक प्रकाश, रेयान ब्रुल र रहमानउल्ला गुरबाज रहेका छन् । किग्स इलेभेन काठमाडौले शनिबार अघिल्लो संस्करणको बिजेता ललितपुर पेट्रियोटसविरुद्ध खेल्नेछ ।



















आज रास्वपाको केन्द्रीय समिति बैठक, ९ वटा कार्यसूचीमा छलफल हुने
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
प्रतिक्रिया