स्यानिटारी प्याडमा कर बढेको छैनः अर्थ मन्त्रालय

काठमाडौं । स्यानिटरी प्याडमा कर नबढाएको अर्थ मन्त्रालयले स्पष्ट गरेको छ । स्यानिटरी प्याडमा समेत सरकारले कर बढाएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएपछि अर्थमन्त्रालयको सचिवलायले शुक्रबार विज्ञप्ति जारी गर्दै कर नबढाएको जनाएको हो ।
स्यानिटरी प्याडमा कर बढाइएको भन्दै केही संघसंस्थाहरुले प्रदर्शनसमेत गरेका थिए ।
स्यानीटरी प्याड आयातमा आ.व. २०६९/७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको दाबी गरिएको छ ।
कर बढाएको नभई स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौं ।’– जारी विज्ञप्तिमा भनिएको छ ।












दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया