फिलिपिन्स एएफसी महिला एसियन कप फुटबलमा छनोट
नेपाल र हङकङ छनोट खेलबाट बाहिरियो
मेरोन्यूज
२०७८ असोज ८ गते १९:२८

काठमाडौं । भारतमा आयोजना हुने एएफसी महिला एसियन कप फुटबलमा फिलिपिन्स छनोट भएको छ ।
उज्वेकिस्तानमा जारी खेलमा हङकङलाई २–१ गोल अन्तरले पराजित गर्दै फिलिपिन्सले एसियन कपमा स्थान बनाएको हो । फिलिपिन्ससँग पराजित भएसँगै हङकङ छनोट खेलबाट बाहिरिएको छ ।
नेपाल भने यसअघि नै पछिल्लो खेलमा हङकङसँग पराजित भई छनोट खेलबाट बाहिरिसकेको छ ।
समूह चरणको दुवै खेलमा जीत निकाल्दै शीर्ष स्थानमा रहन सफल फिलिपिन्स एसियन कपमा छनोट भएको हो । फिलिपिन्सले ६ अंक जोड्यो । हङकङले २ खेलमा मात्र १ अंक जोड्न सक्यो ।
यसै समूहको रहेको नेपालले पनि २ खेलमा १ अंक जोड्यो । नेपाल पहिलो खेलमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो भने हङकङसँगको दोस्रो खेलमा गोलरहित बराबरी खेलेको थियो ।
भारतमा हुने एसियन कप जनवरी २० देखि फेबु्रअरी ६ सम्म हुनेछ ।
सम्बन्धित

















गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
वैदेशिक व्यापार : ७ महिनामा साढे ९ खर्ब घाटा
गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
प्रतिक्रिया