शुक्रबार, पुष ४, २०८२

अरिङ्गालको टोकाईबाट पुरुषको मृत्यु

मेरोन्यूज २०७८ असोज ९ गते ८:०७

काठमाडौँ । दैलेखमा अरिङ्गालको टोकाईबाट एक जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय देवबहादुर शाही रहेको प्रहरीले जनाएको छ ।

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाँदा कालो अरिङ्गालले टोक्दा उनी घाइते भएका थिए । अरिङ्गालको गोलो देखेपछि धपाउन खोज्दा अरिङ्गाल टोकेको थियो ।

क्षेत्रीय अस्पताल सुर्खेतमा आइसियुमा राखेर उपचार गर्ने क्रममा शाहीको मृत्यु भएको हो । उनको शुक्रबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।

प्रतिक्रिया