नेपाली कांग्रेसको ६४ जिल्लामा पालिकास्तरीय अधिवेशन आज

काठमाडौँ । नेपाली कांग्रेसले आज ६४ जिल्लामा पालिकास्तरीय अधिवेशन गर्ने भएको छ । संस्थापनइतर पक्षले सबै पालिकाको अधिवेशन एकै दिन गर्न माग गरे पनि ६४ जिल्लामा मात्रै अधिवेशन हुन लागेको हो । बाँकी जिल्लाको अधिवेशनसमेत असोज १८ गते गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको छ ।
संस्थापनइतर पक्षले विवादित १३ जिल्लाको वडा अधिवेशन सकेर देशभर एकैपटक पालिकास्तरीय अधिवेशन गर्नु पर्ने माग राख्दै आएको थियो । संस्थापनइतरले निष्पक्ष ढंगले निर्वाचन नगराउने उद्देश्यले हिमाल, पहाड, तराईका नाममा छुट्टाछुट्टै मितिमा अधिवेशन गराउन खोजेको आरोप लगाएको छ ।
केन्द्रीय निर्वाचन समितिले भदौ २५ मा निर्वाचन कार्य तालिका संशोधन गरी असोज ५ गतेभित्र सबै वडा अधिवेशन, असोज ९ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १२ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन तथा असोज १८ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।
तर हिजो बसेको पदाधिकारी बैठकले कार्य तालिका संशोधन गरेपछि विरोध सुरु भएको हो ।

















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँका यी विभिन्न स्थानमा आज बिजुली कटौती हुने
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया