सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल
काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका ४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्यालय र स्थानीयवासीसँग छलफल थालिएको छ ।
प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले कार्यालय स्थापनाका लागि पहल थालेका हुन् । ‘नगरपालिकाले जग्गा उपलब्ध गराए ६ महिनाभित्र प्रिफ्याब भवन निर्माण गर्छौं, ट्रायल सेन्टरसहितको यातायात कार्यालय स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरिसकेको छ,’ उनले भने । नगरपालिकाले जग्गा व्यवस्थापन गर्न नसके काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगकै अन्य नगरपालिकामा यातायात कार्यालय स्थापना गरिने उनको भनाई थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु सिम्खडा पुडासैनीले जग्गा व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको बताए । गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले कागेश्वरीमा यातायात कार्यालय स्थापना गर्न जग्गाको व्यवस्था नभए आफ्नो वडामा पहल गर्न तयार रहेको बताए ।
उक्त क्षेत्रमा कार्यालय स्थापना गर्न सकेमा बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शंखरापुरका साथै यस क्षेत्रमा सीमा जोडिएका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरका बासिन्दा लाभान्वित हुने देखिन्छ ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया