हिमोफिलिया भएकाको वास्तविक तथ्याङ्क माग

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्याङ्क समेट्न हिमोफिलिया सोसाइटी नेपालले माग गरेको छ ।
शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरुको पनि गणना हुने भएकाले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्याङ्क समेट्ने गरी गणना गर्न, गराउन माग गरेको हो ।
महासंघले हेमोफिलिया भएका व्यक्तिहरु अपाङ्गताको ऐनभित्र परेको र अपाङ्गता भएकाहरुको सूचिको दशौं नम्बरमा उल्लेख गरिएको भन्दै गणकहरु आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रष्ट विवरण दिन अनुरोध गरेको छ ।
त्यस्तै यसबारेमा गणकहरु पनि सचेत र सजग हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ । महासंघका महासचिव दीपक न्यौपानेले बास्तविक तथ्यांक समेट्न तथा गणक र सुपरिवेक्षकहरुलाई आवश्यक तालिम उपलब्ध गराउन माग गरे ।
हिमोफिलिया अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टर कम भई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुनगई रक्तस्राव हुने शारीरिक अवस्थाको व्यक्ति भनि सरकारले परिभाषा गरेको छ ।
हेमोफिलिया भएको व्यक्तिमा कुनैपनि कारणले आन्तरिक वा बाह्य रक्तस्राव भयो भने रगत नथामिने हुने, रक्तस्राव रोक्न प्लाज्मा वा एन्टिहेमोफिलिक फ्याक्टर नै उपलब्ध गराउनुपर्ने चिकित्सकहरुले बताउने गरेका छन् ।
विश्व हिमोफिलिया महासंघको तथ्यांक अनुसार प्रति ५ हजार पुरुष जन्ममा १ जना हिमोफिलिया समस्या लिएर जन्मन्छन् ।
नेपालमा करिब ३ हजार हिमोफिलियायुक्त व्यक्ति रहेको अनुमान गरेको र हिमोफिलिया सोसाइटी नेपालमार्फत् हालसम्म ७ सय ५० जना हिमोफिलियायुक्त व्यक्तिको पहिचान भएको बताइएको छ ।















यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
आईसीसी टी२० विश्वकप : भारत र न्युजिल्यान्ड भिड्दै
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया