दिल्ली क्यापिटल्स आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा
मेरोन्यूज
२०७८ असोज ९ गते २०:४८

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार साँझ अबुधावीमा सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ३३ रनले पराजित दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले ६ विकेटको क्षतिमा १ सय ५४ रन जोडेको थियो । दिल्लीका लागि श्रेयर एय्यरले ४३ रन जोडे । कप्तान रिशव पन्तले २४ रन, सिमरोन हेटमेयरले २८ रन र ललित यादवले नटआउट १४ रन जोडे ।
राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले २–२ विकेट लिएका थिए ।
१५५ रनको लक्ष्य पछ्याएको राजस्थानले ६ विकेटको क्षतिमा १ सय २१ रन मात्र जोड्न सक्यो ।
राजस्थानका लागि कप्तान सन्जु सामसनले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा नटआउट ७० रन जोडे । शीर्ष स्थानमा उक्लिएको दिल्लीले १० खेलबाट १६ अंक जोडेको छ ।
सम्बन्धित
















ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
३० करोड डलर क्रिप्टो चोरीको आशङ्का
‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’:‘प्रचण्ड’
नवलपरासीमा आगलागी, १२ घर जले
म्याग्दीको जलजलामा आन्तरिक पर्यटकको चहलपहल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
प्रतिक्रिया