दुई महिनामा १३ अर्ब ६६ करोड रुपैयाँको तरकारी र फलफूल नेपाल भित्रियो

काठमाण्डौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै १३ अर्ब ६६ करोड रुपैयाँको हरियो तरकारी र फलफूल नेपाल आयात भएको छ ।
भन्सार विभागका अनुसार साउन र भदौमा ८ अर्ब ३६ करोड ३९ लाख रुपैयाँको तरकारी विभिन्न देशबाट नेपाल भित्रिएको हो । यस्तै ५ अर्ब ३० करोड रुपैयाँको फलफूल आयात भएको छ ।
विभागका अनुसार दुई महिनामा १२ अर्ब ९२ करोड रुपैयाँको खाद्यान्न आयात भएको छ । भारत, चीन, ब्राजिल, स्पेनलगायतका देशबाट धान, चामल, मकै, गहुँ, गेडागुडीलगायतका खाद्यान्न नेपाल भित्रिएको हो ।
यस्तै दुई महिनामा २२ करोड रुपैयाँको कफी र ३४ करोड रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ ।
सरकारले हरेक वर्ष तरकारी, नेपालमै पाइने फलफूल तथा खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना र कार्यक्रम ल्याए पनि बर्सेनि अर्बाैँ रुपैयाँको हरियो तरकारी, फलफूल र खाद्यान्न आयात हुने गरेको हो ।
गएको आर्थिक वर्षमा नेपालमा ३८ अर्ब रुपैयाँको हरियो तरकारी आयात भएको थियो । यस्तै चामलमात्रै ५० अर्ब रुपैयाँको भित्रिएको भन्सार विभागको तत्थ्यांक छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
प्रतिक्रिया