अरुण भ्यालीको मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
यस दिन कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५२३ रुपैयाँ तोकिएको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो । आइतबार कम्पनीको शेयर प्रतिकित्ता ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते चौबीसौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा कम्पनीको सभाकक्षमा भर्चुअल जुम एपबाट बिहान ११ बजे शुरु हुनेछ ।
सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
















निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया