अरुण भ्यालीको मूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
यस दिन कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५२३ रुपैयाँ तोकिएको छ । कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन भएको हो । आइतबार कम्पनीको शेयर प्रतिकित्ता ५७५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज २४ गते चौबीसौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा कम्पनीको सभाकक्षमा भर्चुअल जुम एपबाट बिहान ११ बजे शुरु हुनेछ ।
सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
प्रतिक्रिया