मन्त्रालयका सचिव भन्छन्– मल भण्डारण र वितरणमै समस्या

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले नेपालमा अबको समस्या मल भण्डारण र वितरण भएको बताएका छन् ।
सोमवार ललितपुरमा मलखाद व्यवसायी संघ नेपालको पाचौँ साधारण सभा तथा दोस्रो महाधिवेशनमा बोल्दै कृषि विकास सचिव आचार्यले नेपालमा अबको समस्या मल स्टोरेज र वितरण भएको बताए ।
उनले स्टोरेज गर्ने कुरा साल्ट ट्रेडिङ वा कृषिको गोदाम मात्रै नभएर कसरी लैजाने र कहाँ जम्मा गरेर राखिरहेका छौँ भन्ने कुरा मुख्य रहेको बताए ।
उनले सरकार गुणस्तर र नियमनको व्यवस्थालाई थप प्रभावकारी बनाउन छलफल गरिरहेको बताए ।
मन्त्रालयका सचिव आचार्यले आगामी दिनहरुमा गुणस्तर परीक्षण गर्ने कुरालाई ठूलो बनाए अघि बढ्ने बताए ।
मल धेरै नेपाली जनताको चासोको विषय भएकोले विभिन्न शंका, आशंकाहरुलाई चिर्दै काम गरेर देखाउनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा मन्त्रालयका पशुपंक्षी विकास सचिव डा. गोविन्दप्रसाद शर्माले मलमा कृषकहरुका लागि फार्म, फर्म र फ्याक्ट्रीको आवश्यक रहेको बताए ।
यसका लागि वितरण व्यवस्थापन, सप्लाइ र समुचित व्यवस्थापनको अत्याधिक भूमिका र महत्व रहेको भन्दै उनले यसको काम मलखाद तथा साल्ट ट्रेडिङले गरिरहेको उल्लेख गरे ।
किसान र फार्म तथा फार्म र फ्याक्ट्री जोड्ने काम व्यवसायीहरुको भएकोले दत्तचित्त भएर लागि पर्नुपर्ने बताए ।
त्यस्तै, कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले मलखादलाई सहकारी बाहेकको जस्तो संगठन बनाउन खोजेको आरोप लगाए ।
उनले मलखादले विधान परिमार्जन गर्ने कुरा गरिरहेको भन्दै संगठनलाई खुला बनाएर लैजान अनुरोध गरे ।
प्रवन्ध सञ्चालक भण्डारीले नाफाका लागि नभएर सबै डाटाहरु स्पष्ट बनाएर ब्यवहारले आफ्नो स्थान मजबुत बनाउन सुझाव दिए ।











दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया