माधव नेपालको पार्टीबाट पाँच मन्त्रीको टुङ्गो

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ ।
नेता नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्न सहमत भएपछि नेकपा एसले सरकारमा पठाउने पाँच मन्त्रीको टुंगो लगाएको हो ।
एमाले सरकारमा मन्त्री भएका प्रेम आलेदेखि पार्टी विभाजनमा महत्वपूर्ण भूमिका खेलेकी रामकुमारी झाँक्री पनि सरकारमा जाने भएका छन् ।
सरकारमा पठाउन विरोध खतिवडा, मेटमणि चौधरी र जीवनराम श्रेष्ठको नाम पनि टुंगो लगाइएको स्रोतको दाबी छ । नेकपा एसलाई ६ मन्त्रालय दिने बताइए पनि एक जना मन्त्रीको टुंगो लागेको छैन ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अढाई महिना भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।
राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिस्थापन गरेर मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिएको छ । सोमवार नै राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।
















ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया