सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोपको असमान वितरणले न्यून आय भएका मुलुकमा आर्थिक-सामाजिक असर पारेको बताएका छन् ।
संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई मंगलबार बिहान अमेरिकाको न्यूयोर्कमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्ने बताए । उनले नेपाली जनतालाई कोरोना संक्रमणबाट सुरक्षित बनाउन वर्तमान सरकार प्राथमिकताका साथ लागेको बताउदै मन्त्री खड्काले आगामी ६ महिनाभित्र सबै नेपालीलाई खोप लगाइसक्ने लक्ष्य रहेको बताए ।
महासभालाई सम्बोधन गर्दै मन्त्री खड्काले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको बताए । उनले अफगानिस्तान, लिविया लगायत मुलुकको द्वन्द्व अन्तरिक विषय भएको भन्दै आपसी समझदारीमा समस्या समाधान हुने विश्वास विश्वास व्यक्त गरे । आणविक हातहतियारको होडबाजी र आतंकवाद मानव अस्तित्वको शत्रु भएको भन्दै उनले नेपालले त्यसको विरोध गर्दै आएको बताए ।

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया