नेपालमै कोरोनाको जिन सिक्वेन्सिङ परीक्षण सुरु
किन गरिन्छ जिन सिक्वेन्सिङ परीक्षण ?

काठमाडौँ । नेपालमा सरकारी स्तरबाट जिन सिक्वेन्सिङ परीक्षण सुरु भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउन गरिने उक्त परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला सुरु भएको हो ।
कोरोना संक्रमण नेपालमा देखिएदेखि नै विश्व स्वस्थ्य संगठनको प्रयोगशाला युके नमुना संकलन गरेर जीन सिक्वेन्सिङका लागि पठाइने गरिएको थियो । प्रयोगशालाकी निर्देशक डा. रुना झाले प्रयोगशाला २६ र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ नयाँ नुमना गरी कूल ४२ वटा नुमनाको जिन सिक्वेन्सिङ गरिएको जानकारी दिइन् ।
उनका अनुसार उक्त नमुनाको सिक्वेन्सिङ गर्दा डेल्टा भेरियन्ट देखिएको छ । नेपालमा अहिले तीव्र रुपमा डेल्टा भेरियन्ट फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत बताउँदै आएको छ । यो भेरियन्ट एक जनाबाट ५ जनामा सर्ने विभिन्न अध्ययनले देखाएको छ ।
जिन सिक्वेन्सिङ किन गरिन्छ ?
जिन सिक्वेन्सिङ भनेको भाइरसको जेनेटिक बनावटलाई पत्ता लगाउन गरिने परीक्षण विधि हो । । पीसीआर परीक्षणमा कोरोना भाइरसको जिन शरीरमा छ कि छैन जाँच गरिन्छ भने सिक्वेन्सिङमा जिनको बनावटको आधारमा अध्ययन गरिने डा. झा बताउँछिन् ।
भाइरसले जिनमा साना–साना परिवर्तन गरिरहन्छ । जसलाई म्युटेसन भनिन्छ । धेरै जसो खासै असर गर्दैन् । तर, कहिलेकाही म्युटेसनले भाइरसको चरित्रमा ठूलो बदलाव ल्याउँछ ।
जसको कारण भाइरस बढी संक्रामक हुन सक्ने, छिट्टै फैलिन सक्ने, औषधिले काम नगर्ने आदिसम्म गर्ने हुँदा
जिन सिक्वेन्सिङ गरिन्छ । यसले कोरोना भाइरसको म्युटेशन पत्ता लगाउने मद्दत पुग्ने डा. झाले जानकारी दिइन् ।
भाइरसको परिवर्तित स्वरुपलाई नयाँ भेरियन्ट भनिन्छ । त्यसलाई विश्व स्वास्थ्य संगठनले एउटा नाम दिन्छ । नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भएमा त्यसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिएको छ ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया