उत्तर कोरियाद्वारा मिसाइल परीक्षण
मेरोन्यूज
२०७८ असोज १२ गते १६:२२

सोल । उत्तर कोरियाले मंगलबार मिसाइल परीक्षण गरेको दक्षिण कोरियाकाे सेनाले जनाएको छ ।
समुन्द्रको पूर्वी तटमा उत्तर कोरियाले छोटो दूरीको मिसाइल परीक्षण गरेको दाबी गरिएको छ ।
उक्त मिसाइलामा आगो लागेको दक्षिण कोरियाली सेनाको भनाइ छ । उत्तर कोरियाका राजदूतले संयुक्त राष्ट्रसंघमा सम्बोधन गरी प्योङयाङ्को आत्मरक्षाको अधिकार तथा हतियारको परीक्षण गर्नबाट कसैले पनि रोक्न नसक्ने बताइरहेकैबेला मिसाइल परीक्षण गरिएको छ ।
सेप्टेम्बर महिनाको शुरुवातमा पनि प्योङयाङले ब्यालेष्टिक तथा क्रुज मिसाइल परीक्षण गरेको थियो । यद्यपि केही दिनअघि मात्रै उत्तर कोरियाले दक्षिण कोरियासँग वार्तामा सहभागी हुने इच्छा ब्यक्त गरेको थियो ।
मंगलबारको मिसाइल परीक्षणको बारेमा अमेरिकी सेनाको बयानमा पनि जानकारी गराएको तर उक्त मिसाइल कुनै खतरायुक्त नभएको बयान दिइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया