दैनिक उपभोग्य सामग्री सुपथ मूल्यमा उपलब्ध गराउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वकाबेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरुलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडको बेला कुनै पनि सामग्रीहरु अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए ।
उनले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका सीडीओहरुले अनुगमन गर्ने भन्ने कुरा भइरहेकोले यस्तो अनुगमन अन्य जिल्लाहरुमा पनि लागू गर्न उनले मन्त्रालयलाई निर्देशन दिए ।
सभापति श्रीवास्तवले अहिले बजारमा खानेपानीको अभाव भइरहेको पाइएकोले यस्ता अभावका सामग्रीहरु परिपूर्ति गर्न र सुदूरपश्चिममा देखिएका विभिन्न समस्याहरुको समाधान गर्न पनि मन्त्रालयलाई समितिले निर्देशन दिएको बताए ।
एनले साल्ट ट्रेडिङलाई चिनी लगायतका खाद्य सामग्रीहरुको पसल अन्य स्थानमा राख्न पनि निर्देशन दिए ।
सभापति श्रीवास्तवले समितिले चाडबाडको बेलामा आवश्यक खाद्यान्नहरुको तत्काल आपूर्ति गर्न पनि निर्देशन दिएको बताए ।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया