दशैंको मुखमा दैनिक उपभोग्य बस्तुमा मूल्य बढ्यो (सूचिसहित)

काठमाडौं । कोभिड–१९ महामारीका कारण आयशक्ति कमजोर हुँदा बजार मूल्य भने महंगो हुदै गइरहेको छ ।
चाडबाड नजिकिएकाबेला खाद्यान्न, खानेतेल, फलफूल, तरकारी लगायतको मूल्य बढेको हो ।
चाडबाडको मुखमा मूल्यवृद्धि अघिल्ला वर्षहरुमा पनि हुने गरेको थियो । महामारीले सबै क्षेत्र शिथिल भएको मौका छोपी अस्वाभाविक रुपले मूल्य वृद्धि हुदा सर्वसाधारण मात्रमा परेका छन् ।
एक सातामै वस्तुको कम्तिमा पनि १५ रुपैयाँ वृद्धि भएको देखिएको छ ।

थोक विक्रेताको मनोमानीका कारण मूल्यवृद्धि भएको खुद्रा व्यापारी दावी गर्छन् । तर स्थानीय व्यापारीले पनि पसलैपिच्छे आफूखुसी मूल्य असुल्दै आएका छन् ।
उपभोक्तालाई अचाक्ली मार पर्नेगरी बजारमा मनपरी हुँदा निगरानीमा जोड दिनुपर्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले चाड पर्वका बेला व्यवसायीबाट हुने खरिद विक्रीको विवरणमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए ।
सार्वजनिक विषयका मुद्धा हेर्ने अधिवक्ता अनील भण्डारीले बजारको मुल्य अचाक्ली बढेको अवस्थामा कारबाहि प्रकृयाको बाटोमा पुग्न सर्वसाधारणलाई आग्रह गरे ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वका बेला हुने महंगाई न्यूनिकरणका लागि अनुगमन र कृतिम अभाव अवलोकनमा जोड दिने आश्वासन दिए ।

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
















निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया