सरकारी कार्यालय सरह बेरुजु असूल नभएकाको विवरण सार्वजनिक (सूचिसहित)

काठमाडौँ । सरकारी कार्यालय सरह बेरुजु तिर्नुपर्ने व्यक्ति, फर्म र संस्थाले समयमा बरुजु नतिरेको पाएको छ ।
कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले सार्वजनिक गरेको तथांकअनुसार २०७८ अषाढ मसान्तसमम बेरुजु असुल गरिसक्नुपर्नेमा असुल गर्न नसकेको भन्दै पुन: ताकेता गरिएकाे छ ।
महालेखा परीक्षणको कार्यालयले सरकारी कार्यालयहरुको स्रेस्ता लेखापरीक्षणका क्रममा असुल उपर गर्नुपर्ने बेरुजु औल्याएको र प्रचलित कानून बमोजिम सरकारी बाँकी सरह असुल गर्नुपर्ने व्यवस्था रहेको छ ।
तर, उक्त व्यवस्था अनुसार असुल गर्न प्रयास गर्दा पनि असुल गर्न नसकेका विभिन्न व्यक्ति, फर्म र संस्थाको कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमा असूल गर्न प्राप्त भएको विवरण सार्वजनिक गरिएको हो । कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयले बेरुजु असुल गर्न बाँकी ६३ व्यक्ति, फर्म र संस्थाको नाम सार्वजनिक गरेको छ ।
६३ वटा फर्महरुमा एउटै कम्पनीबाट ८१ करोड बढी बेरुजु देखिएको छ ।
क्यासिनो रोयल्टी बक्यौता वेरुजुबापतको रकमदेखि विभिन्न सरकारी परियोजनाको बेरुजु रकम तिर्न बाँकी रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
भारतीय नागरिक राकेश राधवाको नेपाल रिक्रियएशन सेन्टर प्रालि कम्पनीको क्यासिनो रोयल्टी बक्यौता रकम मात्रै ८१ करोड ६३ लाख बढी रहेको छ ।

























पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया