राष्ट्र बैंकले सुनचाँदी व्यवसायीसँग विवरण माग्यो

काठमाडौं । राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायीसँग सुनको विवरण माग गरेको छ ।
सुनको आयात बढी भएकाले शोधान्तर घाटा चुलिएको छ । दुई महिनाको अवधिमा सरकारले व्यवसायीलाई १ हजार ४ सय केजी सुन वितरण गरेपनि सुनचाँदीको सिजन नभएकाले ठूलो मात्रामा सुनको खपत बढेकोले राष्ट्र बैंकले व्यवसायीसँग लिखित रुपमा कसरी सुन वितरण भइरहेको छ भनेर विवरण माग गरेको हो ।
दैनिक २० केजी सुन वितरण हुँदा पनि बजारमा सुनको अभाव भएको व्यवसायीले बताउँदै आएकाले केन्द्रीय बैंकले बजारमा व्यवसायीलाई सुन कसरी वितरण गरेको छ त्यसको विवरण उपलब्ध गराउन पत्र पठाएको सूनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मोहन कुमार सुनारले जानकारी दिए ।
उनले राष्ट्र बैंकले व्यवसायीलाई कति आवश्यक र कसरी वितरण गरिरहेको, प्रयाप्त पुग्छ वा पुग्दैन भन्ने थाहा पाउनको लागि व्यवसायीसँग विवरण माग गरेको हुनसक्ने बताए ।
महासंघमा देशभरका ७ हजार बढी व्यवसायी प्रत्यक्ष रुपमा आबद्ध छन् । राष्ट्र बैंकले दिने दैनिकी २० केजी सुनमा १० केजी बाग्मती प्रदेश र १० केजी अन्य देशका विभिन्न जिल्लामा बाँडफाँड हुने गरेको महासंघले जनाएको छ ।
सबै व्यवसायीबाट विवरण उपलब्ध भएमा अर्को हप्ता लिखित रुपमा जवाफ दिने तयारीमा रहेको महासंघको दाबी छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया