भन्सार निर्देशिकाबारे महानिर्देशकसँग नाडाको छलफल

काठमाडौं । भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिकाकाबारेमा भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटासँग नाडाका प्रतिनिधि मण्डलले छलफल गरेको छ ।
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक सापकोटालाई स्वागत गर्दे भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देशिका लगायतका विभिन्न विषयमा छलफल गरेको नाडाका महासचिव सुनील रिजालले जानकारी दिए ।
भेटका अवसरमा भन्सार विभागका महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गर्ने बताउँदै व्यवसायीहरुका लागि अनलाइन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने जानकारी दिए ।
सो अवसरमा अध्यक्ष दुलालले नेपालको अटोमोवाइलक्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउनेक्षेत्र भएको उल्लेख गरे ।
दुलालले नाडा र भन्सार विभागविच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारी समेत भइसकेकोबारेमा सापकोटालाई जानकारी दिएका थिए ।
छलफलमा भाग लिँदै नाडाका महासचिव सुनिल रिजालले एचएस कोड परिवर्तन र साफ्टा सुविधा अन्तर्गत आउने अटोमोवाइल वस्तुहरुको बर्गिकरणमा स्पष्टता हुनुपर्ने बताए ।
यस्तै नाकाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराएका थिए ।

















निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया