बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

काठमाडौँ । चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई)सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल)मा नेपाल सहभागी भएको छ ।
चिनियाँ लेखक संघ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रहेको नेटवर्कले साहित्य, संस्कृति तथा सभ्यताको अध्ययन–अनुसन्धान, अनुवाद, प्रतिलिपि अधिकारको संरक्षण, प्रकाशन, साहित्यिक एवं सांस्कृतिक आदानप्रदान आदि गर्ने उद्देश्य लिएको छ । बेल्ट एण्ड रोडसँग जोडिएका सयभन्दा बढी देशका सरकारी प्रज्ञा–प्रतिष्ठानलाई समेटेर उक्त सञ्जालको स्थापना गरिएको हो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले भर्चुअल माध्यमबाट संयुक्त बैठकलाई सम्बोधन गर्दै आफ्ना वैभव र अनुभवको आदानप्रदान गर्न यो साझा मञ्च निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले भने, “यो प्रतिस्पर्धी संसारमा हामी एक्लै हिँडेर कहीँ पुग्न सक्दैनौँ, आपसी समझदारीका साथ एकापसमा सहकार्य गरेमा हामी अवश्य पनि लक्ष्यमा पुग्ने छौँ, त्यसका लागि यो उपयुक्त मञ्च हुनेछ ।”
चिनियाँ लेखक संघका अध्यक्ष थी निङ समारोहमा उपस्थित भएका थिए । उनले आजको युगमा आपसी सहकार्यको अपरिहार्यता रहेको उल्लेख गर्दै बेल्ट एण्ड रोड साहित्यिक सञ्जालले यस क्षेत्रमा असीमित कार्य गर्नसक्ने बताए । माओ तुन साहित्य पुरस्कार विजेता ल्यु चेनयुन, गे केइ र अनलाइन साहित्य लेखक थान्जिया सानसाओसहित चिनियाँ प्रतिनिधि लेखक/साहित्यकार, चीन पब्लिसिङ्ग गु्रप, पिपुल्स लिटरेचर पब्लिसिङ्ग हाउस, पिपुल्स लिटरेचर पत्रिका, राइटर्स पब्लिसिङ्ग हाउसका प्रतिनिधि, अन्य प्रकाशन संस्थाका प्रतिनिधिका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेतासमेत समारोहमा सहभागिता थियो ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया