लक्ष्यभन्दा ५८ करोड बढी राजस्व संकलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल दुई अर्ब ८७ करोड ५२ लाख राजस्व संकलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ ।
सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख राजस्व स.कलन गर्ने लक्ष्यमा ५८ करोड ६६ लाख राजस्व बढी संकलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए । संकलित राजस्वमा आयकर ९७ करोड २८ लाख, मूल्यअभिवृद्धि कर ९२ करोड ८८ लाख र अन्तःशुल्क ८९ करोड ६८ लाख छ ।
लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल दुई अर्ब ३५ करोड राजस्व संकलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष ५२ करोड बढी राजस्व संकलन गर्न सफल भएको छ ।
यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल २६ करोड ६१ लाख र भदौमा १२ करोड ४७ लाख राजस्व संकलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ । उनले चालु आवमा वार्षिक दुई अर्ब ४२ करोड ७० लाख राजस्व संकलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पारे ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया