बिहीबार, जेठ १, २०८२

प्रतितोला २ सयले घट्यो सुनको मूल्य

मेरोन्यूज २०७८ असोज १४ गते १२:३७

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० ले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ८८ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार ७०० तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० कायम गरिएको छ जुन बुधबार प्रतितोला ८८ हजार ४५० मा कारोबार भएको थियो । महासंघका अनुसार चाँदीको मूल्य बुधबारको तुलनामा आज प्रतितोला ३५ ले घटेको छ ।

बुधबार प्रतितोला एक हजार १५५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १२० तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन चाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔँस एक हजार ७३२ दशमलव ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया