युट्युबले कोभिड–१९ खोपविरुद्धका सबै सामग्री ब्लक गर्ने

काठमाडौँ । युट्युबले कोभिड खोप विरुद्धका सबै सामग्री ब्लक गर्ने भएको छ । यसमा कोभिड–१९ भन्दा बाहिर गएर भ्याक्सिनले स्वास्थ्यमा गम्भीर असर पार्ने र खोपमा रहेका पदार्थहरुको बारेमा गलत सूचना दिने सामग्रीसमेत समावेश हुने युट्युबले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ ।
अल्फाबेट इंकको स्वामित्वमा रहेको अनलाइन भिडियो कम्पनीले प्रमुख खोप विरोधी कार्यकर्ताहरुलाई समेत प्रतिबन्ध लगाइरहेको अन्तराष्ट्रि सञ्चार माध्यम दी इकोनोमिक टाइम्सले जनाएको छ । यसमा धेरै च्यानलहरु बन्द गरीरहेको वाशिंगटन पोस्टले ग्लोबल ट्रस्ट एण्ड सेफ्टीका युट्युब उपाध्यक्ष म्याट हलप्रिनलाई उदृत गर्दै रिपोर्ट गरेको टाइम्सले उल्लेख गरेको छ ।
यसरी प्रतिबन्धित हुनेमा रोबर्ट एफ केनेडी जूनियर र जोसेफ मर्कोला, जो लामो समय देखि खोप विरोधी आन्दोलनमा उच्च प्रोफाईल व्यक्तित्वहरु छन् ।
यो कदम यूट्यूब र फेसबुक इंक र ट्विटर इंक जस्ता अन्य टेक जायन्टहरुले उनीहरुको साइटहरुमा गलत स्वास्थ्य जानकारीको प्रसारलाई रोक्नको लागी प्रयास नगरेको कारण आलोचना गरिएको हो ।
युट्युबले गलत सूचनामा एक कडा अडान लिन्छ, यद्यपी विश्वभर चर्को प्रतिक्रियाको सामना गर्दछ । यसअघि रुसी राज्य समर्थित प्रसारक आरटीको जर्मन भाषा च्यानलहरुले कोभिड-१९ को गलत सूचना नीति राखेकोले युट्युबबाट हटाइएको थियो ।
रुसले आफूले उत्पादन गरेको कोरोना औषधी ठिक र अरु देशको गलत भन्दै सूचना प्रवाह गरेकाले युट्युबले विरोध जनाएको इकोनोमिक टाइम्सले जनाएको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया