युट्युबले कोभिड–१९ खोपविरुद्धका सबै सामग्री ब्लक गर्ने

काठमाडौँ । युट्युबले कोभिड खोप विरुद्धका सबै सामग्री ब्लक गर्ने भएको छ । यसमा कोभिड–१९ भन्दा बाहिर गएर भ्याक्सिनले स्वास्थ्यमा गम्भीर असर पार्ने र खोपमा रहेका पदार्थहरुको बारेमा गलत सूचना दिने सामग्रीसमेत समावेश हुने युट्युबले आफ्नो ब्लग पोस्टमा उल्लेख गरेको छ ।
अल्फाबेट इंकको स्वामित्वमा रहेको अनलाइन भिडियो कम्पनीले प्रमुख खोप विरोधी कार्यकर्ताहरुलाई समेत प्रतिबन्ध लगाइरहेको अन्तराष्ट्रि सञ्चार माध्यम दी इकोनोमिक टाइम्सले जनाएको छ । यसमा धेरै च्यानलहरु बन्द गरीरहेको वाशिंगटन पोस्टले ग्लोबल ट्रस्ट एण्ड सेफ्टीका युट्युब उपाध्यक्ष म्याट हलप्रिनलाई उदृत गर्दै रिपोर्ट गरेको टाइम्सले उल्लेख गरेको छ ।
यसरी प्रतिबन्धित हुनेमा रोबर्ट एफ केनेडी जूनियर र जोसेफ मर्कोला, जो लामो समय देखि खोप विरोधी आन्दोलनमा उच्च प्रोफाईल व्यक्तित्वहरु छन् ।
यो कदम यूट्यूब र फेसबुक इंक र ट्विटर इंक जस्ता अन्य टेक जायन्टहरुले उनीहरुको साइटहरुमा गलत स्वास्थ्य जानकारीको प्रसारलाई रोक्नको लागी प्रयास नगरेको कारण आलोचना गरिएको हो ।
युट्युबले गलत सूचनामा एक कडा अडान लिन्छ, यद्यपी विश्वभर चर्को प्रतिक्रियाको सामना गर्दछ । यसअघि रुसी राज्य समर्थित प्रसारक आरटीको जर्मन भाषा च्यानलहरुले कोभिड-१९ को गलत सूचना नीति राखेकोले युट्युबबाट हटाइएको थियो ।
रुसले आफूले उत्पादन गरेको कोरोना औषधी ठिक र अरु देशको गलत भन्दै सूचना प्रवाह गरेकाले युट्युबले विरोध जनाएको इकोनोमिक टाइम्सले जनाएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया