ललितपुरले बनायो इपीएलमा कीर्तिमानी योगफल

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल)मा ललितपुरले ठूलो लक्ष्य देखाएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट खेल मैदानमा शुक्रबार जारी खेलमा ललितपुरका मतुल्लाह ओमरजाई र सान्दुन विराक्कोडीको अर्धशतकमा विराटनगर वारियर्सलाई इतिहासकै सर्वाधिक ठूलो २ सय २७ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनाएको छ । यो इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यसअघि २०१८ मा भैरहवा ग्ल्याडियटर्सविरुद्ध पोखरा राइनोजले २ सय १५ रन बनाएको थियो । भैरहवाले उक्त लक्ष्य १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।
ललितपुरका आजमतुल्लाह ओमरजाइ २४ बलमा ७ छक्कासहित ५८ रनमा अविजित रहे । उनले २१ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर सान्दुन विराक्कोडीले ४३ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७३ रनको योगदान दिए । स्पिनर वसन्त रेग्मीको १४ औं ओभरको तेस्रो बलमा डिप मिड विकेटमा सुमित महर्जनले आजमतुल्लाह २ रनमा क्याच ड्रप गरेका थिए । जुन विराटनगरलाई गारो परेको छ ।
विराटनगरलाई ओपनर कुशल भुर्तेल र सान्दुन विराक्कोडीले पहिलो विकेटका लागि ६ ओभरमा ७० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर दीलशान मुनावीराले छैटौं ओभरको अन्तिम बलमा कुशललाई विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै साझेदारी तोडेका थिए ।
कुशलले १७ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । त्यसपछि क्रिजमा आएका योगेन्द्रसिंह कार्कीले १८ बलमा १ चौका र ३ छक्कासहित २८ रन जोड्दै आउट भए । योगेन्द्र सिकन्दर राजाको ११ आँं ओभरको अन्तिम बलमा सुमित महर्जनबाट क्याच आउट भए ।
१३ औँ ओभरको पहिलो बलमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.ले पवन सरार्फलाई २ रनमा एलबीडब्लू आउट गरेका थिए । वसन्तले १४ औं ओभरको दोस्रो बलमा सान्दुनको बल व्यक्तिगत ६६ रनमा क्याच ड्रप गरेका थिए । लगत्तै अर्को बलमा सुमितले ओमरजाईको क्याच ड्रप गरेका थिए ।
नारायण जोशीले रामनरेश गिरीलाई अन्तिम तीन बलमा लगातार तीन छक्का प्रहार गरेका थिए । जोशी ४ बलमा ३ छक्कासहित १८ रनमा अविजित रहे । समग्रमा ललितपुरले खेलमा १९ छक्का प्रहार गरेको थियो । विराटनगरका करण केसीले सर्वाधिक २ विकेट लिए । प्रतिश जि.सी., सिकन्दर राजा र दिलशान मुनाविराले १–१ विकेट लिए ।









सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
कांग्रेसले गरायो आयोगमा दल दर्ता
प्रतिक्रिया