शुक्रबार, जेठ २, २०८२

सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का

मेरोन्यूज २०७८ असोज १५ गते १४:१९

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लामा केन्द्र बिन्दु बनाएर भूकम्प गएको छ । आज दिउँसो १२ः४५ बजे गएको भूकम्पको धक्का जिल्लाको जेथाल भन्ने स्थानमा केन्द्र बिन्दु रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

४.२ रेक्टर स्केलको भूकम्प विं.सं. २०७२ सालमा गोरखाको बारपाकमा केन्द्र बनाएर गएको विनासकारी भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

०७२ वैशाख १२ गते गएको भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा बढीका ५५९ परकम्प गएको छ ।

प्रतिक्रिया