अपहरणमा परेका भारतीय नागरिकको नेपालबाट उद्धार, अभियुक्त अझै फरार

काठमाडौं । भारतमा अपहरण गरी नेपाल ल्याइएका एक भारतीय नागरिकको सप्तरीस्थित बलान बिहुल गाउँपालिकाबाट प्रहरीले उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतको बिहार राज्य अन्तर्गत मधुबनी जिल्लाको लौकाहा ग्राम पन्चायत वडा नम्बर ९ बस्ने २२ बर्षका शंकरकुमार साहको उद्धार गरेको हो ।
बलान बिहुल गाउँपालिका वडा नम्बर ५ रामनगरस्थित नेपाल भारत सीमानजिक झाडीमा खुट्टामा साङ्लोले बाँधेर राखिएको अवस्थामा साहको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शाहलाई अज्ञात समूहले अपहरण गरी नेपालको दशगजातर्फ लगेको सूचना भारतीय प्रहरीले दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपहरितको खोजी गरेको थियो । अपहरित साहलाई उद्धार गरिएपनि अपहरणकारी फेला नपरेको छैन ।
उक्त स्थानमा एनसेल कम्पनीको नेपाली सिमकार्ड प्रयोग भएको एउटा मोबाइल सेट फेला परेको छ । एक थान फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।










एमाले उपाध्यक्ष: विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
एमाले महाधिवेशन : महासचिवमा शंकरको प्रारम्भिक अग्रता
एमाले महाधिवेशन : अध्यक्षमा केपी ओलीको शुरुआती अग्रता
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
एमाले महाधिवेशन : उम्मेदवारले नै हालेनन् भोट,कारण यस्ताे
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कप : नेपालले बंगलादेशलाई दियाे १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
प्रतिक्रिया