सरकारले पूर्णता नपाएकोमा सत्तारुढ दलकै नेताको असन्तुष्टि

काठमाडौं । सरकारले अझै पूर्णता नपाएकोमा सत्तारुढ दलकै नेताले असन्तुष्टि जनाएका छन् ।
सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरे ।
गान्धी जयन्ति तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई आग्रह गरे ।
उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाउनू सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण गराए । सरकारले पूर्णता नपाउनु नेपाली काँग्रेसको लागि मात्र नभई गठबन्धन दलहरुको लागि दुखद भएको बताए ।
‘अब छिटोभन्दा छिटो मन्त्रीमन्त्रडलले पूर्णता पाउने गरी तपाईरुको निर्णय आउनै पर्ने भयो । अव धेरै पर्खन सकिदैन ।’– निधिको भनाइ थियो ।
उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको बताए । गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने निधिको भनाई थियो ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
प्रतिक्रिया