सरकारले पूर्णता नपाएकोमा सत्तारुढ दलकै नेताको असन्तुष्टि

काठमाडौं । सरकारले अझै पूर्णता नपाएकोमा सत्तारुढ दलकै नेताले असन्तुष्टि जनाएका छन् ।
सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अझै पूर्णता नपाएकोमा असन्तुष्टि व्यक्त गरे ।
गान्धी जयन्ति तथा अन्तराष्ट्रिय अहिंसा दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधिले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन पनि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनका नेताहरुलाई आग्रह गरे ।
उनले ८१ दिन बित्दा समेत सरकारले पूर्णता नपाउनू सिंगो देशकै लागि चिन्ता र दुःखको विषय भएको स्मरण गराए । सरकारले पूर्णता नपाउनु नेपाली काँग्रेसको लागि मात्र नभई गठबन्धन दलहरुको लागि दुखद भएको बताए ।
‘अब छिटोभन्दा छिटो मन्त्रीमन्त्रडलले पूर्णता पाउने गरी तपाईरुको निर्णय आउनै पर्ने भयो । अव धेरै पर्खन सकिदैन ।’– निधिको भनाइ थियो ।
उपसभापति निधिले सरकारले पूर्णता पाउन अझै नसकेबाट सत्तारुढ गठबन्धन चुनावसँग मिलेर अघि बढन सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको बताए । गान्धीको अहिंसाको बाटोबाट अघि बढेर मात्रै हरेक राष्ट्रले शान्ति र समृद्ध प्राप्त गर्न सक्ने निधिको भनाई थियो ।









नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया